देउवा,ओली र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको छ। भेट आइतबार भएको स्रोतको दाबी छ।
आगामी चुनाबमा शेरबहादुर देउवा उम्मेदवार छैनन् तर ओली र प्रचण्ड भने उम्मेदवार छन्। यो भेटमा मुख्यगरी केपी शर्मा ओलीले देउवा र प्रचण्डसँग सहयोग मागेको बताइएको छ । स्रोतका अनुसार ओलीले आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा सहयोग गर्न आग्रह गरेका थिए।
नेताहरूको भेटको मुख्य विषय निर्वाचन नै भएको बताइएको छ। ओलीले खासगरी झापा र दाङमा सहयोग मागेका थिए। झापामा ओली आफैं उम्मेदवार छन् भने दाङमा उनका विश्वासपात्र महासचिव शंकर पोखरेल उम्मेदवार छन्।
