फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ। आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो।
आज चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ। हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
