झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

जिल्लाको कमल गाउँपालिका-२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन्। तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ।

तउएफोड कसले र किन गरेको हो भन्ने स्पष्ट छैन। पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ। तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।