जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ: सिके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन्। सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन्।

‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ। खाली जंगलराज, गुण्डाराज,दमनशोषण,गाउँगाउँमा अशान्ति,एकअर्कासँग झै–झगडा,मुद्दामामिला। सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित छ,राउतले भनेका छन्,हामी चाहन्छौँ–त्यो जंगलराज,गुण्डाराज हटाएर विकास,आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन चाहन्छौँ।

त्यही कामका लागि आफूलाई मतदान गर्न उनले आग्रह गरे। जनमत सरकार रहेकै बेला सप्तरी विकासको बाटोमा अघि बढेको पनि उनले दाबी गरे।