गोली चलाउने र सिंहदरबार जलाउने काम हुँदैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्छ: गगन

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दावी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरे।

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत बताए।

उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए।