नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्।
ऐरीले ४७ बलमा ५८ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले अविजित २६ रन बनाए भने लोकेश बमले १३, गुलशन झा र आसिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, आरिफ सेखले २ रन बनाएका थिए ।
त्यसैगरी वेस्ट इन्डिजका बलर जासन होल्डरले ४ विकेट लिए भने अकील हुसैन, माथ्युज फोर्ड, शामर होल्डर र रोस्टन चेजले एक एक विकेट लिएका थिए ।
