बझाङ जीप दुर्घटना: तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका-७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए । अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।