घनश्याम भुसालको टिप्पणी: रास्वपा कांग्रेस र एमालेभन्दा फरक छैन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा,कांग्रेस र एमाले कार्यक्रमगत रुपमा उस्तै भएको टिप्पणी गरेका छन्।

मंगलवार पार्टीको घोषणापत्र सार्वजानिक गर्ने क्रममा उनले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताए।

यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिए पनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उनको आरोप छ। उनीहरुबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको उनले दावी गरे।

पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उनको भनाइ छ।

उनेले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिबद्धताका बीचमा पनि खास अन्तर नरहेको उनले बताए।