रविलाई पर्खिरहेका रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले दाङमा नेकपा एमालेको झण्डा जलाइदिएका छन् । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन्।
रास्वपा कार्यकर्ताको भिडले झण्डा जलाएको भिडिओ सार्वजनिक भएको छ । जसमा उनीहरूले ‘केपी, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ । दाङ एमालेका महासचिव शंकर पोखरेलको गृहनगर हो ।
यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन्।
‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन,यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन्।
