चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने उनको भनाइ थियो।
राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने बताउँदै शर्माले दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्नुपर्ने बताए । नयाँ ऊर्जा, कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको उनको भनाइ छ ।
