अमेरिका पठाउने भन्दै ठगी गर्ने एक युवती पक्राउ

काठमाडौं। अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।