काठमाडौंको तारकेश्वरमा चितुवाको आतंक: दुई जना घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन्।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन्। चितुवा स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको हो।

महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको छ । महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, चितुवालाई हाल घरभित्रै थुनेर राखिएको छ। वनको टोलीलाई खबर गरेका छौं, चितुवालाई नियन्त्रणमा लिने तयारी भइरहेको छ, एसपी भट्टराईले बताए।