राष्ट्र बैंकले ग-यो एनआइसी एसिया बैंकलाई कारबाही
काठमाडौं। नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारवाही गरेको हो। एनआईसीले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ ९दफा १०० ९२० ९ग०० अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ।
यसरी नियामकीय प्रावधान नै उल्लंघन गरेको खुलासा भएपछि बैंकलाई कारवाही गर्न राष्ट्र बैंक बाध्य भएको छ। राष्ट्र बैंकले यसअघि पनि नियम उल्लंघन गरेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई कारवाही गरेको थियो।
चालु आर्थिक वर्षमा एनआइसी एसिया बैंकको वित्तीय अवस्था झनै कमजोर भएको छ। नाफा घट्नु, सञ्चालन मुनाफा झर्नु र गैरबैंकिङ सम्पत्ति बढ्दै जानु बैंक भित्र दबाब र चुनौती बढाएको छ । कर्मचारी र विश्लेषकहरूले सीईओ सुजित शाक्यको नेतृत्वमा आवश्यक सुधार र असुली प्रक्रियामा प्रभावकारी कदम नउठाएपछि बैंकको दीर्घकालीन वित्तीय स्थायित्वमा प्रश्न उठेको औँल्याएका छन्।
एनआइसी एसिया बैंक हाल कठिन वित्तीय परिस्थितिको सामना गर्दैछ। बैंकको गैरबैंकिङ सम्पत्ति लगातार बढिरहेको छ, जसले बैंक भित्र आन्तरिक दबाब र जोखिम बढाएको विश्लेषकहरू बताउँछन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, अघिल्लो वर्षको १५ करोड १७ लाखको तुलनामा १३।५४ प्रतिशतले घटेको छ। सञ्चालन मुनाफा ४२।१६ प्रतिशतले घटेर १९ करोड ७७ रुपैयाँमा सीमित भएको छ।
पछिल्ला वर्षहरूमा बैंकले आक्रामक कर्जा विस्तार नीति अपनाएको थियो । तत्कालीन व्यवस्थापनको गलत नीतिका कारण बैंकको गैरबैंकिङ सम्पत्ति व्यवस्थित रूपमा घटाउन सकेको छैन । बैंकका नयाँ सीईओ सुजित शाक्यले यसलाई प्राथमिकतामा राखेको भनेपनि व्यवहारमा सुधार अपेक्षाअनुसार देखिएको छैन। कर्मचारीहरूको अनुभव अनुसार, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, असुली प्रक्रिया र धितो मूल्यांकनमा बैंक अझै प्रभावकारी कदम चाल्न नसकेको छ।
कर्जा तिर्न असफल ऋणीको घर, जग्गा र भवन लिलामी मार्फत बिक्री गर्ने प्रयास पटक–पटक असफल भएको छ । बजार सुस्त हुनु, खरिदकर्ताको अभाव, र समग्र अर्थतन्त्रको गति कमजोर हुनु बैंकका चुनौती बनेको छ । यसले बैंकलाई नगद प्रवाहमा आवश्यक सुधार ल्याउन कठिन बनाएको छ । वित्तीय विश्लेषकहरूको मत छ कि बैंकले असुली प्रक्रियालाई तीव्र बनाउनुको साटो, साना कर्जा विस्तारमा बढी ध्यान दिइरहेको छ, जसले दीर्घकालीन समाधानमा प्रभाव कम पार्नेछ।
सीईओ शाक्यको नेतृत्वमा बैंकले गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, असुली प्रक्रिया र धितो मूल्यांकनमा अपेक्षित प्रभावकारी कदम चाल्न सकेको छैन। बैंकभित्र निर्णय प्रक्रिया अझै अध्यक्ष र सञ्चालक समितिको प्रभावमा बढी निर्भर छ, जसले संस्थागत स्वतन्त्रता र रणनीतिक निर्णय क्षमता कमजोर बनाएको छ । यसले कर्मचारी र बजारको विश्वासमा नकारात्मक असर पु¥याएको बताइएको छ।
बैंकका कर्मचारीहरू भन्छन् कि लिलामी मार्फत सम्पत्ति बेच्ने प्रयासले ग्राहकसँग सम्बन्ध बिगारेको छ। उच्च ब्याज दर, असुलीमा मात्रै ध्यान दिने प्रवृत्ति, र नगद प्रवाह कमजोर हुनु बैंकविरोधी भावना बढाउने मुख्य कारण बनेको छ। यसले बैंकको दीर्घकालीन वित्तीय विश्वसनीयता र बजार प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको छ।
