खुल्दै जनताका आँखा,फागुन २१ गते होला त परिवर्तन ?

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । फागुन २१ ग्तेको निर्वाचनमा बहुमत ल्याउने र सरकार गठन गर्ने दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको छ । भक्तपुर क्षेत्र नम्बर १, मा साढे तीन दशकदेखि निरन्तर चुनाव जित्दै आएको नेपाल मजदुर किसान पार्टी यो पटक पनि जित्ने दाबी गर्छ ।

तर, बजारमा सर्वसाधारणको कुरा सुन्दा यस्तो देखिन्न । उल्टै रास्वपा र नेमकिपाप्रति जनआक्रोश बढ्दो छ । उनीहरुले छरेको भ्रम चिर्दै गएको छ । रास्वपाले बहुमत ल्याउने ठोकुवा गरेपनि चुनावपछि अनुहारसमेत देखाउने लायक नबस्ने सर्वसाधारण नै बताउँछन् । भन्छन्, ‘पहिला पो रविको आनीबानी थाहा थिएन । अहिले त सबै पर्दाफास भयो । यस्ता व्यक्ति र पार्टीलाई पनि कसले भोट दिन्छ ।

रास्वपा रवि लामिछाने नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका व्यक्ति हुन् । अमेरिकामा दर्जनौं मुद्दा परेपछि उनी भिजिट भिसामा नेपाल आएका थिए । अमेरिकी पीआर वा ग्रिनकार्ड नत्यागी उनी नेपालमा सञ्चारकर्म गर्न थाले । केही गरिब, दुःखीको सहयोग गरेको र राजनीतिक दलका नेतालाई गालीगलौज गरेर उनी चर्चामा आए ।

पत्रकारितामा रहँदै उनीमाथि आफ्नै सहकर्मी शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लाग्यो । र, पक्राउ पनि परे । राजावादीहरुको आडमा उनी जोगिए । त्यसपछि झन् चर्चामा आएका उनले त्यसको फाइदा उठाउँदै ०७९ मंसिरको चुनावमा भाग लिन पार्टी खोले । जनतासमक्ष भोट माग्दा उनी भन्ने गर्थे, ‘हामीलाई भोट दिनुभयो भने कहिले सरकारमा जाँदैनौं । प्रतिपक्षमा बसेर तपाईंको आवाज उठाउँछौं ।

चुनावमा प्रत्यक्षतर्फ सातसहित २१ सिट रास्वपाले जित्यो । तर, चुनावलगत्तै गठित तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि गृहमन्त्री बने । गृहमन्त्री बनेपछि उनको पोल खोलियो । उनी नेपाली नागरिक नै नभएको ठहर भयो । जबकी यो कुरा रविद्धारा मर्न बाध्य भएका पुडासैनीले मर्नुअघि बनाएको भिडिओमा पनि भनिएको थियो ।

तर, त्यतिबेला कसैले विश्वास गरेन । प्रहरी प्रशासनदेखि अदालतसम्म भीडको पछि लागेर रविलाई निर्दोष सावित गर्न लाग्यो । गृहमन्त्री रहँदा सर्वोच्चले रवि नेपाली नागरिक नभएको भन्दै तत्कालिन सबै पद (गृहमन्त्री, उपप्रधान, सांसद, पार्टी सभापति) खारेज गरिदियो । त्यसपछि उनले नागरिकता लिए । अदालतको फैसलापछि उनले भ्रम फैलाउन थाले कि भ्रष्टाचारका ठूला फाइल खोलेकै कारण मेरो सबै पद खोसियो ।

उता रविका कारण चितवन २ मा पुनः उपचुनाव गराउनुपर्यो । त्यसमा राज्यको करोडौं खर्च भयो त जनताले फेरि दुःख भयो । जनताले फेरि विश्वास गरेर रविलाई जिताए । यो पटक पनि सरकारमा नजाने वाचा गरेका रवि फेरि गृहमन्त्री बन्न दौडिए । प्रचण्ड सरकारमा उनी पुन गृहमन्त्री बने । यो पटक चाँहि उनका ठगी काण्ड बाहिरियो ।

सहकारीका नाममा हजारौं सर्वसाधारणको अर्बौ रकम ठगेको आरोप उनीमाथि लाग्यो । अदालतमा मुद्दा पर्यो । त्यो पनि पाँच वटा जिल्लामा । उनी पक्राउ परे । त्यसपछि रविले भ्रम फैलाए कि राजनीतिक प्रतिशोध साँधियो । त्यसविरुद्ध हस्ताक्षर संकलन अभियानसमेत शुरु गरे । गत भदौ २३ गते जेनजी प्रदर्शन हुँदा रवि नख्खु जेलमा थिए । अघिल्लो दिन आन्दोलनलाई रविले समर्थन गरेका थिए ।

आन्दोलनकै मौका छोपेर भदौ २४ गते रवि जेलबाट भागे । त्यसक्रममा दश जना कैदीबन्दीले ज्यान गुमाए भने रवि निस्किएसँगै देशभरका अदालत छानीछानी जलाउन थालियो । जेनजी आन्दोलनमा ७६ जना युवाले ज्यान गुमाउनुपर्यो । खर्बौको सरकारी तथा निजी सम्पत्ति खरानी बन्यो । यो आन्दोलन गराउने रवि र बालेन हुन् भनेर विस्तार खुल्न थालेको छ । उनीहरुले आफ्नो स्वार्थका निम्ति देशै खरानी बनाए ।

अझै पनि भ्रम छर्दै छन् । तर, अब यस्ता भ्रममा नपर्ने जनता बताउँछन् । रवि काण्डैकाण्डमा मुछिएका व्यक्ति हुन् । ड्राइभर मृत्यु प्रकरण, सहयोगदाताको रकम हिनामिनाजस्ता थुप्रै आरोप पनि उनीमाथि छन् । के यी सबै राजनीतिक प्रतिशोध हुन् त ? त्यसमाथि उनले के त्यस्तो काम गरे, जसका कारण उनी राजनीतिक प्रतिशोधमा पर्नु ? गृहमन्त्री हुँदा सिन्को भाँचेनन् । ठूला फाइलको रटान लगाए अन्तिम केही पनि गरेनन् ।

अनि अझै पनि जनतालाई भ्रमित बनाउन खोज्ने ? अब जनताले रविको विश्वास गर्नुहुन्न । आफ्नो अपराध लुकाउन उनी जे पनि गर्छन् र भन्छन् । यो कुरा जनताले बुझ्न ढिलो गरेमा देश र जनता दुवैले ठूलो क्षति खेप्नुपर्ने छ । यदि पुडासैनी आत्महत्या दुरुत्साहनमै अदालतले उनलाई सजाय दिएको भए आज यत्रा जनता डुब्नुपर्ने थिएन । जेनजी आन्दोलन हुने थिएन । तर, अदालतको सानो गल्तीका कारण मुलुक र जनताले यस्तो क्षति खेप्नुपर्यो ।

त्यसकारण थप क्षति हुनबाट बचौं । उता, भक्तपुर क्षेत्र नम्बर १, मा ०४८ सालदेखि मजदुर किसान पार्टीले लगातार चुनाव जित्दै आएको छ । तर, यो पटक फेरिने यहाँकै स्थानीय बताउँछन् । किनकि भक्तपुरबासीले नेमकिपाको असली अनुहार देख्न थालिसकेका छन् ।

साढे तीन दशकदेखि एउटै पार्टीले एउटै क्षेत्रमा चुनाव जितिरहनु कसरी सम्भव छ ? धेरैलाई लाग्छ कि यहाँ नेमकिपाले विकास गरेको छ, त्यसैले चुनाव जितिआएको हो । भक्तपुर १, मा नेमकिपाले विकास होइन, विनाश गरेको छ । यहाँका सबै सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, तालतलैया, पोखरी, इनार, कुँवा, राजपरिवारलगायतको जग्गा नेमकिपाले आफ्ना कार्यकर्तालाई बाँडेको छ ।

भोटका निम्ति नेमकिवाले अनेकौं उपाय अपनाएको छ । घरबहाल, व्यापार व्यवसाय कर पूर्ण रुपमा छुट छ । अझ भन्नुपर्दा भक्तपुर १, मा व्यापार व्यवसाय दर्ता गर्नुपर्दैन । सँगै पानी, फोहोरको शुल्क पनि लिइँदैन । भक्तपुर नगरपालिकामा सबै नेमकिपाका कार्यकर्ता भर्ना गरिएको छ । ठेक्कापट्टा पनि आफ्नालाई नै दिइन्छ । भक्तपुर १, मा सञ्चालित अधिकांश निजी स्कुल, इट्टाभट्टामा नेमकिपा र उसका कार्यकर्ताको लगानी छ ।

त्यसैले, कर पूर्ण रुपमा छुट दिइएको छ । यतिमात्र होइन, नेमकिपाले भूमि ऐन नारायणमान बिजुक्ँछेले ल्याएको र ०४८ सालदेखि यो क्षेत्रमा राज्यले बजेट नदिएको भ्रम फैलाउँदै आएको छ । भक्तपुर १, मा नेवारबासीको बाहुल्यता छ । यहाँ अधिकांशलाई नेवारी भाषाबाहेक अन्य भाषा बोल्न आउँदैन । जसको फाइदा नेमकिपाले उठाउँदै आएको छ ।

यहाँ नेमकिपाको विरोधमा बोल्नसमेत पाइँदैन । बोलेमा कुटपिटदेखि राज्यको सेवासुविधाबाटै वञ्चित गराइन्छ । ०७९ को निर्वाचनमा अन्य दललाई भोट हालेकै कारण भक्तपुर नगरपालिका– १ र ६ का वडाध्यक्षहरुले नागरिकताको सिफारिस नै दिएनन् । पीडितहरु गृह मन्त्रालय पुगेपछि बल्ल सिफारिस पाएका थिए । आफ्ना विरोधीलाई नेमकिपाले कतिसम्म गर्छ ? बयान गरिसाध्य छैन ।

भोट नदिएमा पानी, बत्ती, फोहोर, बाटोलगायत सुविधाबाटै वञ्चित गराइन्छ । घर सम्पन्नता प्रमाणपत्र पनि दिइँदैन । त्यसकारण बाध्य भएर यहाँका जनता नेमकिपालाई भोट हाल्दै आएका छन् । तर, भनिन्छ नि अन्याय गर्नु अत्याचार नगर्नु । भक्तपुर १, का जनताले नेमकिपाले अन्याय धेरै सहे, अब अत्याचार नसहने बताउँछन् । यो पटक नेमकिपालाई कुनै हालतमा भोट नहाल्ने उनीहरु बताउँछन् ।

बरु हामी कुटाई खान तयार छौं । सेवासुविधाबाट वञ्चित हुन तयार छौं । तर, अब नेमकिपालाई भोट हाल्दैनौं,’ अधिकांश स्थानीय भन्छन् । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो ।

त्यतिबेला सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ र मुनि, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क छेउसम्म, सिर्जनानगर पूरा, राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, ड्राइभिङ सेन्टर, राजेश हार्डवेयर सञ्चालित तथा आसपास संरचना बनेका जमिन सरकारी, गुठी र ऐलानीमा राखिएको स्थानीय बताउँछन् । त्यसैले, ०२९ सालसम्म यहाँ एउटै घर थिएन ।

घारीमात्र थियो । ०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले सल्लाघारी तीनकुनेमा एक छाप्रो हाले । उनैले ०३५ सालमा ढुंगा र माटोको घर बनाए । त्यसपछि नेमकिपाका अन्य कार्यकर्ताले पनि यो जग्गा कब्जा गरे ।

त्यसरी कब्जा गरिएको जग्गा ०४८ सालपछि नेमकिपाले आफ्नै कार्यकर्ताको नाममा गरिदियो । लाखौं रोपनी जग्गा नेमकिपाको कार्यकर्ताको नाममा गएको छ । यो ठाउँमा अहिले जग्गाको मूल्य आनाकै २५ लाखदेखि करोडौं छ । सल्लाघारी तीनकुनेमा राजा महेन्द्रले ०२४ सालमा प्रतिरोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए ।

०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गएको छ । तर, अहिले यो जग्गा बढीमा ६०–६५ रोपनी बाँकी छ । अरु जग्गामा नेमकिपाकै कार्यकर्ताको कब्जा छ । सल्लाघारी तीनकुने चौरनजिकै ठूलो घर छ । जहाँ किराना पसलदेखि चिया, फलफूल, ब्यूट्रीपार्लरसम्म सञ्चालन भएको छ । त्यो घर विकुलाल खिउँजुको हो् । उनले तीन वटा ढुंगेधारा मासेर घर बनाएको आरोप छ ।

तर, नेमकिपाको कार्यकर्ता भएकै कारण उनले घर सम्पन्नता प्रमाणपत्रसमेत पाइसकेका छन् । अनि राज्यको सम्पत्ति दोहनकर्तालाई जनताले भोट दिने कि नदिने ? अब फैसला गर्ने बेला आएको छ ।