मनोहरा नदी किनार क्षेत्रमा सुरक्षा तैनाथी बढाइयो

काठमाडौं । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुम्वासी बस्तीमा आज डोजर चलाइने भएको छ। यससँगै सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

शनिवार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । डोजरसहितको टोली गैह्रीगाउँको सुकुम्वासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो।

मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ।