देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा बागमती प्रदेशको एक/दुई स्थानमा मध्यम सम्मको वर्षारहिमपात भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।
त्यस्तै आज राती देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
