निर्वाचनका दिन यति एयरलाइन्सले उडान नभर्ने

काठमाडौं। यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो।
यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ। निर्वाचनका कारण यात्रु वर्गमा पर्न गएको असुविधाप्रति एयरलाइन्सले क्षमायाचना गर्दै यात्रुलाई आवश्यक योजना मिलाउन अनुरोध गरेको छ।
यति एयरलाइन्सले नागरिकलाई लोकतान्त्रिक अभ्यासमा सहभागी भई मतदान गर्न आह्वान गर्दै ‘मतदान गरौँ, जिम्मेवार नागरिक बनौँ’ भन्ने सन्देशसमेत दिएको छ।
