सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद,मतदान रोकियो

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-४ को एक केन्द्रमा मतदान रोकिएको छ। दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा -४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो।

बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो। अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन्।