डोल्पाको फोतगाउँमा जम्मा मतदाता ४०, हालसम्म खस्यो २३ मत
डोल्पा। हिमाली जिल्ला डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा २३ मत खसेको छ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सबैभन्दा कम मतदाता भएको यस मतदान केन्द्रमा हालसम्म २३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कुल मतदाता संख्या ४० रहेको यस मतदान केन्द्रमा गाउँमा यति नै मतदाता भएको अनुमान गरिए पनि साँझ ५ बजेसम्म सम्म कुर्ने बताइएको छ।
