नेकपा उम्मेदवार किरण साहले गरे पार्टी छाडेको घोषणा
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेको भन्दै उनले पार्टी त्याग गरेको घोषणा गरेका हुन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका छन्।
जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ। तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार,पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’,उनले भनेका छन्। धाँधली भएको स्थानमा पुनः मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने पनि उनले बताएका छन् ।
