बाजुराका तीन मतदान केन्द्रको मतपेटिका ओसार्न बाँकी,हेकिप्टरमार्फत ल्याएर गणना गर्ने तयारी

काठमाडौं। बाजुराको हिमाली गाउँपालिकाको एउटा मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार हिमाली गाउँपालिका–३ गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फ मार्तडी ल्याइएको हो।

उक्त मतदान केन्द्रमा ७३ मतदातामध्ये ४० मत खसेको छ। यस्तै,हिमाली गाउँपालिकाको अन्य तीन मतदान केन्द्रको मतपेटिका शुक्रबार बिहान हेलिकप्टरमार्फत मार्तडी ल्याइने सीडीओ निरौलाले बताए।

अन्य स्थानको मतपेटिका मार्तडी ओसार्ने काम धमाधम भइरहेको छ। हिमाली गाउँपालिकाको बाम,बौडी र बिच्छ्याका मतपेटिका शुक्रबार हेलिकप्टरमार्फ ढुवानी गरेर सर्वदलीय बैठक पश्चात् शुक्रबारदेखि गणना गर्ने तयारी छ।

बिहिबार सम्पन्न प्रतिनिधिसभा चुनाव अन्तर्ग मतदानमा बाजुरामा ४६ हजार २३२ मत खसेको छ।