बाजुरामा कांग्रेसका जनक गिरीको अग्रता कायमै,रास्वपाका थापा तेस्रो
काठमाडौं। बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक गिरीले ७ हजार ८ सय ५२ मतसहित अग्रता कायमै राखेका छन्। भने नेकपा एमालेका लालबहादुर थापाले ६ हजार ६ सय ९२ मत प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापा छन्। उनले हालसम्म ३ हजार ३ सय ४४ मत पाएका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले १ हजार चारसय ४ मत ल्याउँदै चौथो स्थानमा कायम राखेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार केशर शाहीले १७९ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार भुपेन्द्र विकले ११५ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक डिसीले ८५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ५८ मत पाएका छन्।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ८७ हजार ८६१ मतदाता रहेकोमा जम्मा ४५ हजार ३९० मत खसेको छ। यहाँ एक स्वतन्त्रसहित ८ जना उम्मेदवार रहेका छन् ।
