ललितपुर-३ मा रास्वपाकी तोसिमा कार्की विजयी

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की विजयी भएकी छिन्।

नेपाली कांग्रेसका निकटतम् प्रतिस्पर्धी जितेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन्। कार्कीले प्रतिस्पर्धीभन्दा पाँच गुणा बढी मत ल्याउन सफल भइन् ।

कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दा कांग्रेसका श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरे।

२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट पहिलोपटक विजयी कार्कीको यो दोस्रो विजय हो।