समानुपातिकमा पनि रास्वपा अगाडी,कुन दलले कति पाए ?

काठमाडौं। प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३ मत गणना भएको छ।

जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ। जुन गणना भएको मतको ५४ प्रतिशत रहेको छ। त्यस्तै नेपाली कांग्रेसले ३ लाख ६२ हजार ४२० मत अर्थात १७.८ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ। एमालेले २ लाख ९१ हजार १५१ अर्थात् १४.३ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ भने राप्रपाले ७८ हजार ३२४ मत पाएको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले २५ हजार २०८ मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।