जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं: विज्ञानराज शर्मा
काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए। उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए।
शर्माले भने प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं। हामीले देखेको,बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं। अब यो सम्पत्ति सरकारको भयो। अब सरकारले आवश्यक कारबाही गर्ने,पुरस्कृत गर्नुपर्ने हो कि के गर्ने हो सरकारले गर्छ शर्माले भने।
जसले गल्ती गरेको छ,त्यसलाई कारबाही हुन्छ। जसले राम्रो गरेको छ,त्यसलाई कारबाही हुँदैन। ठिक छ,त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ।
सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ। त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा लेखिएको छ। केही सेक्युरिटी ल्याप्सेस भा छ। निश्चय पनि संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेड देखिकै केही कमीकमजोरीहरु देखिएको छ। त्यत्ति हो।
शर्माले भने हामीले करिब २ सय प्लस मान्छेहरुको बयान लिएका छौं। केही बयान लिखितमा गरायौं भने केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लिएका छौं।
