कम्युनिस्ट नसच्चिए अर्को पल्ट सकिन्छ: गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्सु९पत० को समयबारे आङ्कलन गरेको स्मरण गरेका छन्। वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको बताएका छन्।
बास्कोटाले लेखेका छन्,पाँच वर्षअघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, सङ्गठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर।
तत्कालीन नेकपाको नेतृत्व तहमा देखिएको कार्यशैलीप्रति लक्षित गर्दै उनले सोभियत सङ्घको विघटनबाट पाठ नसिक्नु र चिनियाँ मोडलको नक्कल गर्न खोज्नु ‘सुपरफ्लपु भएको टिप्पणी गरेका छन्। ‘सोभियत सङ्घबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो,’उनले भनेका छन्।
कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्,सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ।
