हामीले अपेक्षा गरेजस्तो मत पाएनौं-जनताको फैसला स्वीकार्य छ: ओली
काठमाडौं। नेकपा एमालेका केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीले अपेक्षा गरेजस्तो मत पाउन नसकेको स्वीकार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले भनेका छन्। ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
उनले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले तपाईंहरूको विश्वास नै हाम्रो शक्ति भएको भन्दै। तपाईंहरूको साथ नै हाम्रो ताकत हो भनेका छन्।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले भनेका छन् ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।
