काँग्रेसले अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने
काठमाडौं। नेपाली काँग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ।
अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
