शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने मेरो चाहाना: महावीर पुन
काठमाडौं। सांसद महावीर पुनले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । समाजिक सञ्जाल फेसबुकमा आफूले गर्न चाहेको कामको बारेमा उल्लखे गर्दै उनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनीतिक भागबण्डा अन्त्य गरी शुद्ध शैक्षिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
पुनका अनुसार यसका लागि विद्यमान विश्वविद्यालय ऐन र शिक्षा ऐनमा व्यापक संशोधन गर्नुपर्नेछ। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पूर्ण रूपमा पुनर्संरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा मात्र बढी जोड दिन चाहेको बताएका छन्
उनले फेसबुकमा लेखेका छन्।
‘मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू (१) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवन्डा र राजनीतिकरणको अन्त्य गरी विशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन गर्नु पर्नेछ। (२) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पूर्ण रूपमा पुनर्संरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा मात्र बढी जोड दिने।
