सुनको मूल्यमा भारी गिरावट,तोलामा कति पुग्यो ?
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। आज सुनको भाउ प्रतितोला रु १२,५०० ले घट्दै रु २ लाख ८२ हजारमा झरेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ४,५४० कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेखनीय कमी हो।
केही दिनअघि मात्रै सुनको मूल्य रु ३ लाख नाघेको थियो भने अहिले क्रमशः घट्दै आएको देखिन्छ। चाँदीमा पनि सोही अनुसार गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्य ओरालो लागेको व्यवसायीहरू बताउँछन्। हाल अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुबैको मूल्य घट्दो अवस्थामा रहेको छ।
पछिल्ला दिनमा आएको यो गिरावटले बजारमा नयाँ चर्चा सुरु गराएको छ भने लगानीकर्ताहरू पनि सतर्क देखिएका छन्।
