फेरि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

यस्तै मंगलबार चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।