कार्की आयोगको प्रतिवेदन आजै सार्वजनिक गर्ने सरकारको तयारी

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन्। सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरूले हस्ताक्षरसहित प्रदर्शन गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूको गुनासो छ ।

जेनजी आन्दोलनका अगुवाहरूले पनि आयोग प्रतिवेदन सार्वजनिक गर्नेका लागि सरकारलाई निरन्तर दबाब दिइरहेका छन् ।

आजै सार्वजनिक गर्ने सरकारको तयारी

सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा मन्त्रीहरूसँग छलफल गरिरहेकी छन् । आज(भोलिमै प्रतिवेदन सार्वजनिक हुन सक्ने बताइएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई १०(१० वर्ष कैद सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीका आईजी राजु अर्याललाई ३ वर्ष कैद सिफारिस छ । अन्य उच्च अधिकारीहरूमाथि पनि विभागीय कारबाही सिफारिस गरिएको छ ।