राजीनामा र निर्वाचनको पराजयबारे धारणा राख्दै गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले आजको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने भएका छन् ।
आज सभापति थापाकै सभापतित्वमा बैठक बस्ने र उनले आजको बैठकमा आफूले दिएको राजीनामाको पृष्ठभूमि, पार्टीको निर्वाचनको पराजय बारे आफ्नो धारणा राख्ने जनाइएको छ।
त्यस्तै थापाले पार्टीको आगामी कार्यदिशा र प्राथमिकता बारेमा पनि केन्द्रीय समिति बैठकमा धारणा राख्ने छन्न ।
काँग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशन बारे निर्णय लिन सक्ने समेत बताइएको छ । काँग्रेसले आगामी असोजसम्म १५औँ महाधिवेशन गर्ने गरी तयारी गर्ने भएको छ ।
यसअघि शुक्रवार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।
