सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही दिन शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
जिम्मेवारी छाड्न केही दिन मात्र बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा जिम्मेवारी छाडिसकेकी छिन् ।
उनले कार्यालय नआउने जानकारी गराउँदै अनौपचारिक रूपमा बिदाबारी लिएकी जनाइएको छ । कर्मचारीहरूले बिदाइ कार्यक्रम गर्न प्रस्ताव गरेको भए पनि उनले आफूलाई बिदाइ गर्नुपर्ने बताएकी हुन्।
कार्की सिंहदरबारको प्रधानमन्त्री कार्यालय गएकी छैनन्। कार्यालयमा रहेका उनका व्यक्तिगत सामानसमेत सचिवालयका कर्मचारीले टोखास्थित निजी निवासमा सारिसकेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट पनि कार्की परिवारले आफ्ना सबै सामान टोखा सारिसकेको छ। टोखास्थित निजी निवासमा पूर्वप्रधानमन्त्रीका हैसियतले थप सुरक्षा व्यवस्था मिलाउन संरचना निर्माणको काम भइरहेको छ।
