अब मैले महाधिवेशनको गाडी हाँकें,रोकिँदैन: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने जिकिर गरे।
अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए ।
‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं। विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो,उनले भने।
महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रुपमा हेर्न नहुने र आफूले सबैलाई सहभागी गराएर अघि बढ्ने सभापति थापाको भनाइ छ।
‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु। अब यो गाडी रोकिंदैन। मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु। हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं।
