आज चैत ११ गते बुधबार,यस्तो छ तपाईको राशिफल
मेष- साथीभाइले काममा सहयोग गर्न सक्नेछन् । कामका बाधाहरू हट्नेछन् र नसोचेको ठाउँबाट धन प्राप्त हुने सम्भावना छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको समर्थनले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु तथा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ। दिन सामान्य रहनेछ।
वृष- स्वास्थ्यमा कमजोरी र काममा अवरोधले मन खिन्न हुन सक्छ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा आउन सक्छ। साना घरेलु काममा अल्झिनुपर्दा मन खिन्न हुनेछ। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुन सक्छ । स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने दिन हुनेछ।
मिथुन- नजिकका साथीभाइ आज टाढिएका भएपनि टाढाका साथीभाइसँग सम्बन्ध मजबुत हुनेछ। अर्थ अभावले काम रोकिने सम्भावना छ। समस्या प्रति गम्भीर नहुँदा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। आज सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कर्कट- काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ। लाभदायक काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ।
सिंह- कीर्तिमानी काम गरेर धेरैलाई प्रभावित बनाउन सकिनेछ। श्रमको उचित मूल्य पाउने र आम्दानी बढ्ने सम्भावना छ । सहयोगी देखाउनेहरूले धोका दिन सक्छन् । लामो यात्रा अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । पेटको समस्या सताउने सम्भावना छ।
कन्या- केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहनेछ । अप्ठ्यारा कामको बोझ बढ्न सक्छ । सवारीमा सावधानी अपनाउनु होला। लेनदेनको विवादले समस्या दिन सक्छ । पुरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन हुनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।
तुला- दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यवसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।
वृश्चिक- प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आय आर्जन राम्रो रहनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
धनु- हिम्मतले काम अघि बढाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा फर्काउनेछ । पढाइ लेखाइमा समय दिन नसकिए पनि सहयोगीहरूको भरपर्दा लाभ हुनेछ। कृषि र चौपायामा केही समस्या देखिए पनि धन आर्जनका अवसर प्रशस्तै छन्। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।
मकर- अवसर प्राप्त भएपनि कुरा लगाउनेहरूको फन्दामा पर्न सकिन्छ। गोपनीयतामा विशेष ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादनमा अवरोध आउन सक्छ। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। छर छिमेकमा झैँझगडा हुन सक्छ । सावधान रहनुहोला, धन नोक्सान हुन सक्ने दिन छ।
कुम्भ- आफ्नै कमजोरीका कारण ढिलासुस्ती हुन सक्छ । परिवारमा असमझदारी बढ्नाले काममा बाधा आउन सक्छ । व्यापार व्यवसायमा फाइदा हुने समय छ। आम्दानी बढ्नेछ र परिवारका आवश्यकताहरू पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । मान सम्मानमा ठेस पुग्न सक्छ।
मीन- आफन्तको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ। सामान्यतया दिन राम्रै रहनेछ । प्रेम र मित्रताको बन्धन मजबुत हुनेछ। दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयासले ठूलो काम सम्पादन हुने दिन छ।
