पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।

विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख रिएको छ।

सो युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु.५ अब घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १८४.५० कायम हुनेछ। दोस्रो वर्ग अन्तर्गतसुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।