म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदै छु: प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशाा बोकेर बिदा हुन लागेको बताएकी छिन्।
जाँदाजाँदै आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा भने खुशी लागेको बताएकी छिन्।
अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदै छु,प्रधानमन्त्री कार्कीले भनिन्। उनले ६ महिनामा निर्वाचन सकेर जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाएकोमा खुशी हुँदै त्यही कामका लागि नेतृत्व स्वीकारेको पनि खुलाइन्।
