मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ ।

आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको हो ।आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले गरेका ४ निर्णय

१-शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२-सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३-शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४-जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने