स्वास्थ्य परीक्षणका लागि ओली र लेखकलाई अस्पताल लगियो
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगिएको छ।
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा शनिबार बिहानै भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएका ओली र लेखकलाई मेडिकल चेकजाँचका लागि टिचिङ अस्पताल पु¥याइएको हो।
उनीहरु दुबै जनालाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। कानुनी प्रक्रिया मिलाउन काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौं प्रहरी परिसर पुगेका थिए।
