ओली-लेखक पक्राउ गर्ने मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी यस्तो थियो (पत्र)

काठमाडौं । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ल्याएको छ। रास्वपाका बालेन शाह नेतृत्वको नवगठित सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।

ओली–लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले पुलिस हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको छ ।

पत्रमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भन्दै दुई बुँदे निर्देशन दिइएको छ ।

पहिलो, उल्लिखित आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गर्ने सिफारिसबमोजिम गर्ने।

मन्त्रिपरिषद्ले त्यही प्रतिवेदनमा ‘अन्यका हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने’ भनी दोस्रो निर्णय पनि गरेको थियो । तर, मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन गर्न तत्काल नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयमा पत्र पठाएपछि ओली र लेखक पक्राउ परेका हुन् ।

यस्तो छ मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी–