रविले जिल्ला अदालतमा तारेख बुझे,सर्वोच्चमा आजै फैसला आउने सम्भावना
काठमाडौं। रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। उनी आइतबार विहान अदालत पुगेका हुन्।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा चलिरहेको छ। सोही मुद्दामा उनले आज तारेख बुझेको बताइएको छ।
उता, उनको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई हुने र आजै फैसला आउने भनिएको छ।
यो मुद्दा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा परेको छ।
