डिआइजी श्रेष्ठमाथि कारबाही कहिले ?
काठमाडौं। सशस्त्रभित्र सिसं १ का डिआइजी सुरेश श्रेष्ठबारे मुख्यालयमा दिनुह चर्चा परिचर्चा हुने गरेको छ। अझ आइतबार उनको खास विषयमा चर्चा भएको थियो। गत वर्ष भदौ १५ गते राजावादी आन्दोलनमा खटिएको फौज असफल भएको र त्यसमा कमाण्डर दोषी रहेको विषयमा मुख्यालयभित्र चर्चा हुने गरेको हो।
विगतमा पुराना राजनीतिक दलसँग खास सम्बन्ध रहेका श्रेष्ठ र अर्का डिआइजी अञ्जनीकुमार पोखरेलबारे सशस्त्रमा बेलाबखत चर्चा हुने गर्छ। यद्यपि, उपत्यकाको कमाण्ड गरिरहेका डिआइजी श्रेष्ठको चर्चा उनको व्याचीले होइन, जुनियर कर्मचारीले गरिरहेका छन्। खासगरी काठमाडौँ उपत्यकामा परिचालन हुने सशस्त्र प्रहरीको फौजलाई लिएर उनको आलोचना हुने गरेको छ।
नेपाल प्रहरीको भन्दा पनि एक तह अघि बढेर आन्दोलन र भीड नियन्त्रणमा सशस्त्र प्रहरीलाई खटाउन थालेपछि उनको बारेमा टिप्पणी शुरु हुन लागेको हो।
उनले विगत एक वर्षदेखि दशरथ रंगशालामा दुई सय जनाको टिमलाई सधै राख्ने गरेको र त्यहीबाट माइतीघर, बानेश्वरको आन्दोलनलाई नियन्त्रणमा लिनका लागि खटाउने गरेका छन्। परिस्थिति जन्य ठाउँमा परिचालित हुनुपर्ने र यसलाई प्यारामिलिटरी नेचरमै राख्नुपर्ने अवस्थामा उनले जथाभावी खटाएको भन्दै आलोचना भएको हो।
जेनजी आन्दोलनमा पनि उनकै कमाण्डमा खटिएकाले फोर्सभित्र उनी असफल कमाण्डर भनेर चिनिएका छन्। श्रेष्ठ सशस्त्र प्रहरी बल नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन्। सशस्त्रमा सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएको पहिलो अर्थात सिसम–१ का अधिकृत हुन्।
सि सं.१ भनेकै आफुमात्र भन्ने सोच भएका डिआइजी श्रेष्ठले यसअघि आफ्नै संगठनका सिनियरको मानमर्दन गरेका थिए। हालका एआइजी गणेश ठाडा मगरहरुलाई पुरानो टोलि भन्ने अनि लक्ष्मणबहादुर सिहंहरूलाई प्राबिधिक भन्दै होच्याउने काम उनले गरेकाले अहिले उनको सम्बन्ध कसैसँग सुमधुर नभएको बताइन्छ।प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएपछि उनी डिआइजीमा घर जाने संभावना पनि बढिरहेको छ।
जेनजी आन्दोलनका क्रममा, सशस्त्र प्रहरी बलका डिआइजी श्रेष्ठले आफू चढेको सरकारी गाडी जोगाउन असफल भएका थिए। आन्दोलनकारीहरूले उनको गाडीमा आगो लगाएका विषयले सशस्त्र प्रहरीमा हलचल पैदा भएको थियो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय र हतियार जोगाउन नसक्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको भूमिका विशेष ध्यानाकर्षक भएको थियो। नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको थियो।
उच्च पदस्थ अधिकारीहरू जस्तै डिआइजी श्रेष्ठले पनि आफ्नो जिम्मेवारीमा कमजोरी देखाएका थिए। जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ। नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस हुँदा श्रेष्ठ भने जोगिएका थिए।
