आजबाट सर्वोच्चको कमान्ड सपनाको हातमा

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलदेखि अवकासमा र्गपछि सर्वोच्चको वरिष्ठतम न्यायाधीश मल्लले आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ ।

सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो महिला न्यायाधीश हुन्। यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।

सपनाले तत्काललाई भने कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन्। प्रधानन्यायाधीश नियुक्तीका लागि न्यायापरिषद्को बैठकले उनीसहित ६ जना न्यायाधीशको नाम सिफारिसस गरिसकेको छ।

तर अहिले संवैधानिक परिषद्मा सदस्यहरु रिक्त रहेकाले तत्कालै प्रधानन्यायाधीश नियुक्तीको संभावना छैन। प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा सभामुख,उपसभामुख,राष्ट्रिय सभाका अध्यक्ष,विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेन व्यवस्था छ। हाल यी मध्ये प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष मात्रै छन्।