आज चैत २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष- आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ। व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला।
वृष- हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छर छिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काटनेहरु प्रसस्थ बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ, कसैसँग बादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला।
मिथुन- आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन्। जागीरमा पनि समस्या देखा पर्न सक्छ। धन मान पाउने योग छ। नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ।
कर्कट- पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ। साथै पाहुना आगमनको पनि योग रहेको छ। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
सिंह- प्राय सबै कामहरू बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला।
कन्या- बैदेशिक कार्यमा असफल भई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ।
तुला- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला।
वृश्चिक- धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ। आज तपाइको धन लाभको योग छ । साथै दिन खुशी साथ बित्ने छ। परिवारमा पनि सुखको माहोल बन्नेछ। सुख दुस्खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
धनु- आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ।
मकर- दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला। सामान्य रोग ब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचे अनुरुप काम नहोला।
कुम्भ- मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला जस पाउने सम्भावना कमै रहनेछ। काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन। दिन ठिकै छ।
मीन- बन्द व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुने भएकोले नँया काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थताको सम्भावना छ।
