नेपाल प्रहरीमा भर्ना खुल्यो,कुन पदमा कति जनशक्ति माग

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि ४०० भन्दा बढी संख्यामा दरखास्त आह्वान गरेको हो ।

प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ।

सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि जनशक्ति मागेको हो। त्यस्तै प्रहरी जवानमा २८० जनाका लागि र अन्य पदहरुमा १२९ जनाका लागि पनि भर्ना खुलेको छ।

दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म छ । प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म छ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।