सुनचाँदीको मूल्य घट्यो,तोलामा कति ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।