प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले सोही दिन मन्त्रिपरिषद् गठन गरेका थिए।

मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सय बुँदे कार्यसूची पारित गरेको थियो । त्यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो। आजको बैठकले केहि महत्वपूर्ण गर्ने बुझिएको छ।