राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित र योजना आयोगको उपाध्यक्षमा डा.भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा। भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

त्यस्तै राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो।

मन्त्री रावलका अनुसार,अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो। पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन्।

उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग,वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन्।