जोर बिजोर प्रणाली लागु गर्ने सरकारको तयारी
काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरकारले आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् ।
त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको जानकारी गराइन् ।
उनले भनिन्, ‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ । आवश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ । सरकारले जनतासँग ‘वर्क फर्म होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।’
दीर्घकालीन गाडी रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले बताइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको सरकारको भनाइ छ ।
‘दीर्घकालीन गाडी रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ। यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले भनिन्।
